Aadarsh-Daily

आज बडादशैंको घटस्थापना

ad-4p

यस वर्षको बडादशैं आजदेखि सुरु भएको छ, जसलाई १५ दिनसम्म धूमधामका साथ मनाइन्छ। आज घटस्थापनाका साथ दुर्गा पूजाको आरम्भ भएको छ।

content ad p2
content left

घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित शक्तिकी देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ। नित्यकर्म सकेर पूजाकोठामा जमरा राख्ने परम्परा रहेको छ, जहाँ जौँ रोपिन्छ, जसलाई विजयादशमीका दिन टीका प्रसादसँगै ग्रहण गरिन्छ।

आजको घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको समितिले जनाएको छ। दुर्गादेवीका तीन रूप—महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा ९ दिनसम्म विधिपूर्वक गरिन्छ।
यस अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ। विजयादशमीको टीका साइत असोज २६ गते ११:३६ बजे तोकिएको छ, भने देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily