Aadarsh-Daily

ट्राफिक प्रहरीले वीरगञ्जमा ओभरलोड गाडीहरू कारबाहीमा, दुई लाख बढी जरिवाना असुल

ad-4p

वीरगञ्ज। वीरगञ्जको ड्राइपोर्ट चौकमा ट्राफिक प्रहरीले १३ वटा ओभरलोड गाडीहरूलाई कारबाही गरेको छ ।

content ad p2

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार, अस्थायी ट्राफिक पोस्ट ड्राइपोर्टले निर्धारित भन्दा बढी सामग्री लोड गरेको गाडीहरूलाई कारबाही गर्दै २ लाख १२ हजार ४ सय १७ रुपैयाँ जरिवाना असुल गरेको छ ।

content left

वीरगञ्जको एकीकृत चेकपोस्ट (आईसीपी)बाट विभिन्न गन्तव्यतर्फ गइरहेका १३ वटा ओभरलोड गाडीहरूलाई ट्राफिक प्रहरीले चेकजाँचको क्रममा रोकेको थियो । गाडीहरूमा कच्चा पदार्थ (केमिकल) लोड गरिएको थियो, र सबै गाडीहरू भारतीय नम्बर प्लेटका हुन् । चेकजाँचपछि गाडीहरूलाई जिल्ला ट्राफिक कार्यालयले यातायात व्यवस्था कार्यालयमा बुझाएको थियो ।

कारबाहीमा परेका गाडीहरूलाई यातायात कार्यालयले जरिवाना गरेको हो । विभिन्न गाडीहरूमा ११ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको बुझिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily