Aadarsh-Daily

आज साँझ पाँच बजे मन्त्रीपरिषदको बैठक बस्दै

ad-4p

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार अपरान्ह सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो।

content ad p2

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।

content left

यद्यपि आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने बुझिएको छ। प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेस लगायतका दलसँग छलफल अघि बढाइसकेका छन्।

यसअघि गत शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो। सो बैठकले संक्रमणकालीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन गरेको थियो।

त्यस्तै, जलन प्रभावितको निःशुल्क उपचार गर्ने लगायतका निर्णय सो बैठकबाट भएको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily