Aadarsh-Daily

विन्दवासिनीमा निर्माण हुने सडकको साइट क्लियरेन्स सकियो

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १९ विन्दवासिनी टोल जोड्ने सडक निर्माणको काम अघि बढेको छ । पक्की सडक नहुँदा यस क्षेत्रका नागरिकले आउजाउका लागि वर्षौंदेखि सास्ति भोग्दै आएका छन् ।

content ad p2

आत्मराम पथबाट पश्चिम तर्फ जाने विन्दवासिनी टोल हुँदै नहर निस्कने बाटो निर्माणका लागि सडक क्षेत्रको जग्गा छुट्याउने काम सकिएको छ । समा विनोद साह जेभी निर्माण कम्पनीले ठेक्का सकार गरेर सडक निर्माणको जिम्मेवारी लिएको हो । विन्दवासिनी टोलमा ६ सय ५० मिटर नाला सहित कालोपत्रे सडक निर्माण हुन लागेको हो ।

content left

करिब ११ करोड ४५ लाख रुपैयामा ठेक्का सकार गरेर काम अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । साइट क्लियरेन्स नभएको भन्दै निर्माण कम्पनीले काम गर्न ढिलाई गर्दै आएकोमा बुधबारबाट महानगरपालिकाले सडक निर्माण हुने क्षेत्रको सडक नापजाँच गरेर छुट्याएको हो ।

सडक निर्माणका लागि साइट क्लियरेन्स गर्न महानगरपालिकाको सार्बजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसिया नेतृत्वमा अमीन सहितको टोली खटेको थियो । वडा नं. १९ का वडाध्यक्ष मुकेश चौरसियाको रोहबरमा नक्सा अनुसार सडकको दुबै तर्फको क्षेत्र छुट्याइएको टोलीमा खटिएका महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेलले जानकारी दिए ।

निर्माण कम्पनीले ठेक्का लिएर साइट क्लियरेन्स नहुँदा निर्माणमा अवरोध हुँदै आएको सडकको काम चाडो टुंगो लगाउन महानगर प्रमुख राजेशमान सिंहले निर्देशन दिएसँगै सार्बजनिक अतिक्रमण नियन्त्रण समिति टोली सहित सडक अतिक्रमण हटाउन विन्दवासिनी पुगेको हो ।

अतिक्रमण हटाएर सीमा क्षेत्र छुट्याएसँगै निर्माण कम्पनीले धमाधम निर्माण सामग्री झारेर काम गर्न सुरु गरेको छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily