Aadarsh-Daily

सत्तापक्ष र विपक्ष दुबैको निशानामा मुख्यमन्त्री सिंह

ad-4p

वीरगंज – मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका मुख्यमन्त्री सतिश सिंह अहिले सत्तापक्ष र विपक्ष दुबैको निशानामा गर्नुभएको छ । आजबाट सुरु भएको मधेश प्रदेशको चौथो अधिवेशनलाई सम्बोधन गर्दै सत्तापक्ष र विपक्ष दुवैले सिंहमाथि नै निशाना साधेका हुन् ।

content ad p2

केहिदिन अगाडी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतका सचिवालयले लामो फेसबुक स्टाट्स लेख्दै सत्ता गठबन्धनका सांसद र मन्त्रीकै कारण आफ्नो पार्टी नेतृत्वको सरकारले जनापेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका थिए ।

यसपछि मधेश प्रदेशमा जनमत पार्टीका सत्ता सहयात्री बनेका कांग्रेस , एमाले र लोसपा रुष्ट भएको थिए र त्यसको रिसमा आज चौथो अधिवेशनमा रोस्टमबाट बोल्दै मुख्यमन्त्री सतिश सिंहसंग जवाफ मागेका थिए ।

content left

कांग्रेसका संसदीय दलका नेता कृष्ण यादवले प्रदेश सरकारको बारेमा संघिय संसदमा प्रतिनिधित्व गरिरहनुभएको जनमत पार्टीका अध्यक्ष राउतलाई टिप्पणी गर्ने अधिकार नभएको र उहाले लगाउनुएको आरोप गलत रहेको बताउनुभयो ।

यादवले डा.राउत बाहिरबाट सत्ता सहयात्रीमाथि लगाउनुभएको आरोपको बारेमा मुख्यमन्त्री सतिश सिंहसंग जवाफ माग्नुभएको थियो ।

यसैगरी अर्का सत्तापक्षका नेता लोसपा सांसद उपेन्द्र महत्तोले सडकबाट आरोप लाउनु जति सजिलो छ त्यतिनै सदनबाट प्रमाणित गर्न कठिन रहेको डा.राउतलाई जवाफ फर्काउनुभयो ।

उहाँले सत्तापक्षको कुरा गठबन्धन दलहरुले बसेर एकापसमा छलफलबाट अगाडी बढ्ने बताउनुभयो । मुख्यमन्त्रीलाई कसले असहयोग गरिरहेको रोस्टमबाट भन्न आग्रह गर्नुभयो ।

त्यस्तै विपक्षका नेताहरुले समेत मुख्यमन्त्री सिंहलाई प्रश्नको घेराबाट चौथो अधिवेशनको पहिलो सत्रबाटनै घेरेका थिए । उनिहरुले बजेटको अहिलेसम्म प्रदेश सरकारले १ प्रतिशत समेत खर्च गर्न नसकेकोले यो सरकार असफल भईसकेको टिप्पणी गरेका छन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily