Aadarsh-Daily

रुसी आक्रमणमा परि युक्रेनका १३ जनाको मृत्यु

ad-4p

युक्रेनमा रुसले गरेको आक्रमणबाट १३ जनाको ज्यान गएको छ । दक्षिणी युक्रेनी शहर जापोरिझियाका अधिकारीहरूका अनुसार रुसी गोलाबारीमा अरु ३२ जना घाइते भएका छन् ।

content ad p2
content left

रुसले आवासीय भवनहरूमा हवाई आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । आक्रमणपछि सार्वजनिक भएको भिडियोमा एउटा भवनमा आगो लागेको र केही गाडी जलेको देख्न सकिन्छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूलाई रुसको आतङ्कवादविरुद्ध दबाब दिन अपील गर्नुभएको छ । रुसी सेनाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघि पनि रुसले दुई वटा औधोगिक एकाइलाई निशाना बनाएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily