Aadarsh-Daily

नदि किनारा अतिक्रमण खाली गर्न वीरगंज महानगरको १५ दिने अल्टिमेटम

ad-4p

वीरगञ्ज महानगरपालिकाले नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सूचना जारी गरेको छ ।

content ad p2

महानगर भएर बहने सिरिसिया, तिलावे र सिंगहा नदी अतिक्रमण गरी बनाइएका संरचना तत्काल हटाउन र उक्त नदीको केन्द्रभागबाट ३० मिटर भित्र कुनै पनि संरचना निर्माण नगर्न पनि सूचनामा चेतावनी दिएको छ ।

content left

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले शुक्रबार जारी गरेको सूचनामा महानगरपालिकाको बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधी २०७५ को दोस्रो संशोधन २०७८ अनुसार मात्रै संरचना बनाउन पनि सबैमा अनुरोध गरिएको छ ।

सिरिसिया, तिलावे र सिंगहा नदीको केन्द्र भागबाट ३० मिटर दायाँ बायाँ छाडेर मात्रै संरचना बनाउन र ३० मिटर भित्र रहेका संरचना १५ दिनभित्र खाली गर्न सूचनामा उल्लेख छ ।

नदी अतिक्रमण गरेर संरचना बनाउँदा नदीको बहाव रोकिएर वर्षायाममा डुबानको समस्या आउने हुँदा नदीको आधार क्षेत्रमा कुनै पनि संरचना नबनाउन महानगरले आग्रह गरेको हो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily