
वीरगंज – पर्सा प्रहरीले १८ प्याकेट लागुऔषध चरेश बरामद गरेको छ । जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ देउरियाबाट प्रहरीले १८ वटा प्याकेटमा रहेको ९ किलो सय ग्राम लागुऔषध चरेश बरामद गरेको छ ।

गस्तीमा रहेको प्रहरीलाई देखेर चरेश भरियाहरुले चरेश छाडेर भागेको हुनसक्ने अनुमान गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीले भरियालाई खोज्ने कार्य गरिरहेको जनाएको छ ।

