Aadarsh-Daily

स्थानीय तहका प्रमुख–उपप्रमुख दुवै निलम्बन भए कार्यवाहक कार्यपालिकाले छान्ने प्रस्ताव

ad-4p

अब कुनै स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष वा प्रमुख तथा उपप्रमुख दुवै निलम्बनमा परे वा पद रिक्त भए कार्यपालिकाले छानेको व्यक्ति कार्यवाहक हुने भएको छ ।

content ad p2

सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत स्थानीय शासन सञ्चालन ऐन संशोधन गरी यस्तो व्यवस्था प्रस्ताव गरेको हो । अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यान्वयनमा आउने छ ।

content left

यसअघि ललितपुर गोदावरी लगायत केही स्थानीय तहमा एकैपटक प्रमुख तथा उपप्रमुख निलम्बन हुँदा कार्यसञ्चालनमा अप्ठ्यारो परेको थियो ।

त्यस्तो अवस्था सम्बोधन गर्न सरकारले कार्यपालिका सदस्यमध्येबाट उनीहरूले नै छनोट गरेको व्यक्तिले कार्यवाहक अध्यक्ष, उपाध्यक्ष वा प्रमुख वा उपप्रमुख भई काम गर्ने व्यवस्था ऐनमा गर्न लागिएको हो ।

त्यस्तै स्थानीय तहको वडाध्यक्ष रिक्त भएको अवस्थामा पनि वडा सदस्यमध्येबाट उनीहरूले नै छानेको व्यक्तिले कार्यवाहक वडाध्यक्ष भई काम गर्ने व्यवस्था गरिएको छ ।

स्थानीय शासन सञ्चालन ऐन संशोधन गर्दै एम्बुलेन्स तथा बारुणयन्त्र (दमकल) सञ्चालन र व्यवस्थापनको जिम्मा पनि स्थानीय तहलाई दिइएको छ।

सम्बन्धित खबर

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily

चोलेन्द्र जबरा पक्राउ नभएको प्रहरीको दाबी

Aadarsh Daily

नारायणीको जलसतह बढ्दो, बाढीको जोखिम उच्च

Aadarsh Daily