Aadarsh-Daily

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश

ad-4p

जिल्ला अदालत काठमाण्डौले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

content ad p2

काठमाण्डाैकाे स्वर्णलक्ष्मी सहकारी ठगीको कसूरमा जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको मुद्दामा आज थुनछेक बहस नसकिएकाले जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासत अर्थात् प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

content left

आज बिहानै अदालतमा उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन गर्न नभ्याएकाले आज बहस गर्न नसक्ने बताएपछि इजलासले रविलाई परिवारको साटो प्रहरीको जिम्मा लगाएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा गएको बिहीवार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने अस्ति शुक्रवार काठमाण्डौ आएर आज जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी, चितवनमा सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगीको आरोप छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily