Aadarsh-Daily

गाजा युद्धविरामबारे कतारमा वार्ता जारी, सम्झौता हुने संकेत

ad-4p

गाजा क्षेत्रमा युद्धविराम र बन्धकहरूको रिहासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन इजरायल र हमासका प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा वार्ता जारी छ । वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले युद्धमा पहिलोपटक इजरायल र हमासका प्रतिनिधिहरूले एउटै भवनमा अप्रत्यक्ष वार्ता गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ ।

content ad p2

हमासले पनि इजरायली सेनाले स्ट्रिप छाड्ने विषयको आफ्नो सर्त त्यागेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एउटा सम्झौता सफल हुने क्रममा रहेको बताएका छन् । एक इजरायली अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई पनि बढीमा केही घण्टा वा दिनमा सम्झौता हुने बताएका छन् ।

आगामी जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्ने डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता नभएको खण्डमा स्थिति भयावह हुने धम्की दिएसँगै वार्ता टुंगोमा पुग्न लागेको समाचार सार्वजनिक भएको हो ।

content left

बाइडेनले आइतवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेका थिए । त्यस्तै, उनले सोमबार वार्ताको मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमाद अल-थानीसँग कुरा गरेका थिए । प्यालेस्टिनी अधिकारीहरूका अनुसार हमास र इजरायली अधिकारीहरूले सोमबार एउटै भवनमा ६ घण्टा अप्रत्यक्ष वार्ता गरेका थिए ।

इजरायली सञ्चार माध्यमहरूले सम्भावित युद्धविराम सम्झौता तीन चरणमा लागू हुने जनाएका छन् । पहिलो चरणमा गाजामा बन्दी रहेका ३३ इजरायली बन्दीहरूलाई रिहा गरिनेछ । त्यसको बदलामा इजरायलले प्रत्येक महिला सिपाहीको सट्टामा ५० प्यालेस्टिनी कैदी र हमासले बन्दी बनाएका हरेको सट्टामा ३० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

त्यस्तै, पहिलो चरणको अन्त्यमा गाजा र इजिप्टको सीमाबीचको क्षेत्र फिलाडेल्फी करिडोरबाट इजरायलले पूर्ण रूपमा सेना फिर्ता गर्नेछ । दोस्रो चरणको युद्धविराम १६ दिनको हुने र गाजामा बन्दी रहेका बाँकी पुरुष र सैनिकहरूलाई रिहा गरिने जनाइएको छ ।

सम्झौताको तेस्रो चरणले गाजामा वैकल्पिक सरकार स्थापना गर्ने र यसलाई पुनर्निर्माण गर्ने योजनालगायत दीर्घकालीन व्यवस्थालाई सम्बोधन गर्ने अजजजिराले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily