Aadarsh-Daily

रौतहटमा अवैध सामानसहित दुईजना पक्राउ

ad-4p

रौतहटको बडहर्वा प्रहरी चौकीले भारतबाट अवैध रुपमा ल्याइँदै गरेको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दुवैजनालाई सामानसहित पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो ।

content ad p2
content left

प्रहरी चौकी बडहर्वाबाट खटिएको गस्ती टोलीले सोमबार राति दुर्गा भगवती गाउँपालिका–५ वाग्मती नदी नजिक बिआर ३० डि २३२२ र बिआर ३० एस ३३८३ नम्बरको भारतीय मोटसाइकलमा अवैध रुपमा भन्सार राजस्व छलेर भारतबाट ल्याउँदै गरेको कपडासहित दुर्गाभगवति–५ का किशोरी चौधरी कलवार र नरेश साह तेलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी गौरका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिए ।

‘पक्राउ परेका मानिस र सामानबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘भारतबाट अवैध सामान ल्याउने गिरोह पत्ता लगाउने काम हुँदै छ ।’

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily