Aadarsh-Daily

आर्थिक सङ्कटको सामना गर्न नसकेर बहुरमाई नगरभित्रका शिक्षकहरु आन्दोलित

ad-4p

पर्साको बहुदरमाई नगरपालिकाका शिक्षक र कर्मचारीहरु अहिले ठुलो आर्थिक सङ्कटको सामना गरिरहेका छन ।

content ad p2

जनप्रतिनिधिको हठका कारण आर्थिक संकटबाट शिक्षकहरु नराम्रोसंग प्रताडित भईरहेको समाचार प्रकाशन भएको हो ।

आर्थिक सुरु भएको झन्डै ७ महिनामा समेत आफ्ना तलब भत्ता नपाएका बहुदरमाई नगरपालिकाका सामुदायिक शिक्षण संस्थामा कार्यरत शिक्षक र कर्मचारी अब बाध्य भएर आन्दोलनको घोषणा गरेको हो ।

content left

शिक्षक महासंघ पर्साले आज एउटा प्रेस विज्ञप्ति जारि गर्दै आन्दोलनको घोषणा गरेको हो । जस अनुसार पुष २ गते अर्थात आजदेखि पुष ४ गतेसम्म दिफिन पछीको कक्षा बहिस्कार गर्ने निर्णय गरेको छ ।

त्यसले समेत समस्याको समाधान भएन भने पुष ६ गते आईतबारको दिन नगरभित्रको सम्पूर्ण सामुदायिक शिक्षण संस्था बन्द गरेर साँचो पर्साका प्रमुख जिल्ला अधिकारिलाई बुझाउने नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले आज जारि गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अहिले तलब भत्ता नपाएर शिक्षक तथा कर्मचारीहरुलाई दैनिक चलाउन गाह्रो भएको छ भने कतिपय शिक्षकहरुले बैंकबाट लिएको ऋण तिर्न नसकेर जग्गा जमिन लिलाम हुने अवस्थामा पुगेको छ ।

आफ्ना छोराछोरीका पढाई खर्च व्यवस्थापन हुन नसकेपछि उनीहरुको छोराछोरी अब पढाईबाट बन्चित हुन् लागेका छन भने औषधिउपचारमा समेत कठिनाई भएको नेपाल शिक्षक महासंघ पर्साले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily