Aadarsh-Daily

मधेश प्रदेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल सुरु

ad-4p

मधेश प्रदेश सरकारले स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल सुरु गरेको छ ।

content ad p2

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा मंगलबार जनकपुरधाममा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल सुरु गरेको हो ।

content left

छलफल कार्यक्रममा बोल्दै प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ, प्रदेश र स्थानीय तहको कानून नबाझियोस् भनेर छलफल सुरु गरेको बताउनुभयो ।

उहाँले तीन तहको सरकारबीच समन्वय जरुरी रहेको बताउनुभयो । उहाँले तीन तहको संरचनामा रहेका जनप्रतिनिधिबीच पनि समन्वय जरुरी रहेको उल्लेख गर्नुभयो ।

मन्त्री लेखीले आफ्नो मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्नका लागि काम शुरु गरिसकेको बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily