Aadarsh-Daily

महाकुम्भ मेलामा भागदौड मचिदा १५ जनाभन्दा बढीको मृत्यु भएको आशङ्का

ad-4p

भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । अरु धेरै जना घाइते भएका सुरक्षाकर्मीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

content ad p2

गएराति साढे एक बजेतिर कुम्भ मेलाका क्रममा एउटा घाटमा भागदौड भएको थियो । घटनामा घाइते भएका र ज्यान गुमाएकाहरुको यकिन सङ्ख्या र आधिकारिक पुष्टि हुन बाँकी छ ।

content left

विश्वको सबैभन्दा ठूलो धार्मिक मेलामध्येको एक कुम्भ मेलामा अमृत स्नानका दिन आज एकैदिन दश करोडभन्दा धेरै मानिस उपस्थित हुने अपेक्षा गरिएको थियो ।

भागदौडका कारण अमृत स्नान रद्ध भएको छ । तर अझै हजारौँ मानिसहरुले पवित्र स्नान लिन खोजिरहेका छन् । कुम्भ मेलामा भएको भागदौडपछि सुरक्षाकर्मीले भीडभाडलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

गएको जनवरी १३ तारिखदेखि शुरू भएको महाकुम्भमा अहिलेसम्म १५ करोड मानिसले गङ्गामा स्नान गरेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily