Aadarsh-Daily

‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने धनुषमा एकजना पक्राउ

ad-4p

नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा पहरीले पक्राउ गरेको छ । जिल्ला सिरहाको लहान नगरपालिका–२, का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले जनाएको छ ।

content ad p2
content left

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, बस्ने रमेश श्रेष्ठसँग नगद ५० हजार रुपियाँ ठगेको आरोपमा साहलाई पक्राउ गरिएको बताउनुभयो । श्रेष्ठले ठगीबारे प्रहरीमा जाहेरी दिएपछि डिएसपी हुँ भन्दै ठगी गर्ने साहलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

ठगी कसुरमा पक्राउ परेका साहलाई जिल्ला अदालत धनुषामा ठगी कसुर मुद्दामा म्याद थप गराई यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily