Aadarsh-Daily

नक्कली नोटसहति एकजना भारतीय नागरिक सर्लाही प्रहरीको नियनत्रणमा

ad-4p

सर्लाही प्रहरीले नेपाली नक्कली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्लाका २७ बर्षीय मुकेश कुमार सोनी रहेका प्रहरीले जनाएको छ ।

content ad p2
content left

सर्लाही प्रहरीका अनुसार वीआर ३० एई ३३९९ नम्बरको मोटरसाईकलमा आएका भारतीय नागरिक सोनी ईश्वरपूर नगरपालिकाको वडा नम्बर १५ सुकनहा बजारमा सामान खरिद गर्ने क्रममा नक्कली रुपैयाको प्रयोग गरेका थिए । त्यसपछि पसलेले दिएको सुचनाको अधारमा उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

प्रहरीले उनको साथबाट नेपाली १ सय दरका २९ थान र ५ सय थानको १ थान नक्कली रुपैयाँ फेला परेको हुदा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाईएको जनाईएको छ ।

सम्बन्धित खबर

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily

पत्रपत्रिका प्रकाशनमा सप्तरी अगाडि, पर्सा दोस्रो

Aadarsh Daily

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily