Aadarsh-Daily

खैरो हेरोईनसहित रौतहटमा एकजना पक्राउ

ad-4p

पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहुरबाट लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ वर्षीय सागर श्रेष्ठ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले सोमबार जानकारी दिए ।

content ad p2
content left

उनीमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी आइतबार जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शनिवार दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट गएको टोलीले चन्द्रपुर ४ चिडियादल टोल बाट उनलाई पक्राउ गरेको थियो। उनको साथबाट डेढ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily