Aadarsh-Daily

मधेश केन्द्रित दलबीच मोर्चाबन्दीको प्रयास जारी

ad-4p

मधेश केन्द्रित दलले मोर्चाबन्दीको प्रयास जारी राखेका छन् । मोर्चा निर्माणका लागि दलगत रूपमा प्रतिनिधि तोकिएकाको बैठक सोमबार पनि बसेको छ ।

content ad p2

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा भएको बैठकमा राजनीतिक मुद्दामा सहकार्य गर्ने विषयमा नेताहरूबीच छलफल भएको थियो ।

समान विचार र मुद्दा मिल्ने दलहरूबीच सहकार्य गर्ने उद्देश्यले छलफल चलिरहेको जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनीष सुमनले बताउनुभयो ।

content left

जसपा नेपाल, जसपा, जनमत, लोसपा, उन्मुक्ति, राष्ट्रिय मुक्ति मोर्चा, जनता प्रगतिशील र तमलोपा गरी ८ दलबीच पछिल्लो समयमा मोर्चा गरेर जाने छलफल चलिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले साझा मुद्दामा थरूहट आन्दोलनको विषयलाई उठाइनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संसद्मा सरकारले ल्याएको विधेयकहरूमाथि समान धारणा बनाउनुपर्ने लगायतका प्रस्ताव बैठकमा गर्नुभयो ।

बैठक सकिएपछि चौधरीले समान मुद्दा भएका राजनीतिक दलहरूबीच मोर्चा बनाउन बैठक बसेको बताउनुभयो । उहाँ ले मधेशी र थारू आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि आगामी दिनमा कसरी सहकार्य गरेर जाने विषयमा छलफल भएको बताउनुभयो ।

आफूहरूले सरकारविरुद्ध मोर्चा बनाउन नखोजेको समेत स्पष्ट पारेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily