Aadarsh-Daily

जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत

ad-4p

शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो वर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ । नर्वेली सार्वजनिक सडक प्रशासन (ओएफभी) का अनुसार गत महिना दर्ता भएका नयाँ कारमध्ये ९५.८ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको छ ।

content ad p2
content left

रिचार्जेबल हाइब्रिड मोडलसहित विद्युतीय कारको हिस्सा ९६.८ प्रतिशतले बढेको छ । “नर्वेले जनवरीमा कुल नौ हजार ३४३ नयाँ कारहरू बिक्री गरेकोमा आठ हजार ९५४ वटा विद्युतीय सवारी साधन थिए,” ओएफभीले जानकारी दिएको छ । सबैभन्दा धेरै बिक्री भएका ५० मोडलमध्ये दुई वटा मात्र गैर-विद्युतीय थिए र त्यो पनि पहिलो ३३ औं स्थानमा आएको थियो ।

नर्वेमा, विद्युतीय कारहरू धेरै करहरूबाट मुक्त छन् र यसले तिनीहरूलाई भारी कर लगाइएको आन्तरिक इन्धन दहन कारहरूविरुद्ध प्रतिस्पर्धी बनाउँछ । उनीहरूले सडक कर छुट, सार्वजनिक कार पार्कहरूमा निःशुल्क पार्किङ र सार्वजनिक यातायात ट्राफिक लेनको प्रयोगबाट पनि लाभ उठाएका छन् । विद्युतीय कारको बिक्री उच्च भएसँगै सामान्य कारहरूमा दिइएका केही कर छुट र प्रोत्साहनहरू वर्षौंदेखि फिर्ता लिइएको छ ।

ओएफभीका अनुसार जनवरीमा नर्वेमा दर्ता भएका नयाँ कारमध्ये डिजेल कारको हिस्सा १.५ प्रतिशत र पेट्रोल कारको हिस्सा ०.४ प्रतिशत मात्र थियो । फोक्सवागन आइडी.४ र निसान अरियालाई पछि पार्दै टोयोटा बिजेड फोर एक्स सबैभन्दा बढी बिक्री भएको थियो । तुलनात्मक रूपमा हेर्दा सन् २०२० पछि पहिलो पटक घटेको युरोपमा विद्युतीय कारको हिस्सा सन् २०२४ मा १३.६ प्रतिशत मात्र थियो भने गत वर्षको डिसेम्बर महिनामा यसको हिस्सा १५.९ प्रतिशत रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily