Aadarsh-Daily

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब

ad-4p

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिने सङ्घीय कर्मचारीलाई आठ महिनाको तलब दिने आश्वासन दिए लगत्तै कर्मचारीलाई जागिर छाड्न दबाब आएको बीबीसीले जनाएको छ ।

content ad p2

राष्ट्रपति ट्रम्पले कार्यालयमा फर्किन नचाहने सबै कर्मचारीलाई बिदाइ प्योकज दिने भन्दै आउँदो सेप्टेम्बरसम्मको तलब दिने घोषणा गर्नुभएको थियो । यो योजनामा अहिलेसम्म २० हजार सङ्घीय कर्मचारीले सहमति जनाएका खबरमा उल्लेख छ ।

content left

अमेरिकी सरकारको आकारलाई खुम्च्याउन यो कदम चालिएको ट्रम्प प्रशासनले बताएको छ । यो कार्यक्रममा सहभागी हुने वा नहुने निर्णय गर्न आजसम्मको समय दिइएको थियो ।

हालै सरकारी नियुक्ति पाएका उद्योगपति एलन मस्कले पछिल्लो दिनमा सरकारी कर्मचारीलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन तीव्र दबाब दिएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मस्कले सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन ट्रम्पलाई सघाइरहनुभएको छ । अमेरिकी सरकारी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले भने सामूहिक राजीनामाको योजनालाई रोक्न मुद्दा दायर गरेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily