Aadarsh-Daily

केटि प्रयोग गरी लुटपाट गरेको आरोपमा पर्साका दुईसहित ४ जना काठमाण्डौमा पक्राउ

ad-4p

केटि प्रयोग गरी काठमाण्डौको गौशालामा एक युवकलाई लुटपिट तथा कुटपिट गरेको आरोपमा पर्साका दुई जनासहित ४ जना पक्राउ परेका छन ।

content ad p2
content left

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ३२ का १८/१८ बर्षिय युवकहरु परवेश अन्सारी र नजमुदिन अन्सारी रहेका छन भने गोरखाको गोरखा नगरपालिका १३ का १८ वर्षीय जनेद हुसेन , चितवनको पिप्ले घर भएकी १९ वर्षीय रश्मी क्षेत्री रहेका छन् ।

उनीहरुले माघ २४ गते राति करिब १० बजेको समयमा रश्मीलाई प्रयोग गरी इटहरी घर भएका एक युवकलाई लुटपिट गरी कुटपिट गरेको आरोप छ । लुटपाटमा परेका युवकलाई रश्मिले पहिला फसाएको र एकान्तमा बोलाई लागेको त्यसपछि तिनै जना केटाहरुले उनलाई कुट्नुको साथै मोबाइल, पर्स, घडी लुटेर लागेका प्रहरीले भनेको छ ।

पक्राउ परेकाहरुलाई कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily