Aadarsh-Daily

सरकारबाट बाहिरिने अवस्था बन्दैछ : अध्यक्ष ठाकुर

ad-4p

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारबाट बाहिरिने अवस्था आउन लागेको बताउनुभएको छ । सर्लाही सदरमुकाम मलङ्गवामा बिहीबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्वोधन गर्दै ठाकुरले नैतिकताका आधारमा सरकार छाड्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको हो ।

content ad p2
content left

“सरकारले ल्याएको भूमिसम्वन्धी अध्यादेश हाम्रो पार्टीले अस्वीकार गर्ने निर्णय गरिसकेको छ, यो अवस्थामा नैतिकताको हिसाबले पनि सरकारमा बसिरहन उपयुक्त हुँदैन” ठाकुरले भन्नुभयो, “हामी अब यो सरकारबाट बाहिरिन सक्छौँ ।”

अहिलेको सरकारमा लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहनुभएको छ । अध्यक्ष ठाकुरले बिहीबार सर्लाही आएर पार्टीले सरकार छाड्ने घोषणा गरेसँगै सिंहको २० औँ पटक बनेको मन्त्रीको पद गुम्ने भएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily