Aadarsh-Daily

रेडक्रस पर्सा शाखाको सभापतिमा पटेल निर्वाचित

ad-4p

जिल्ला अधिवेशन पश्चात नेपाल रेडक्रस सोसाइटी पर्सामा नयाँ नेतृत्व चयन प्रक्रिया पूरा भएको छ ।

content ad p2

उक्त निर्वाचनबाट नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको जिल्ला सभापतिमा बृजकिशोर पटेलले बाजि मारेका छन् ।

नयाँ नेतृत्व चयनका लागी आज बुधबार विहान ९ बजे देखि मतदान भएको थियो । उक्त मतदान जिल्ला शाखा पर्साको सभाहलमा सम्पन्न भएको थियोे ।

content left

उक्त मतदान सकिए लगत्तै मतगणना भएको थियोे । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अनुसार नयाँ नेतृत्वका लागि यस पटक दुइवटा प्यानलबिच भीडन्त भएको थियोे ।

यसपाली सभापतिमा बिरेन्द्रराज कँडेल र बृजकिशोर पटेलको प्यानलबिच नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा भएको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।

यस निर्वाचनमा पर्सा शाखामा १३४ जना मतदाता रहेका थिए । ती मधे ग्रामिण भेगबाट १४ वटा उपशाखाहरु तथा महानगरपालिकाबाट ८ वटा उपशाखाहरु गरी कुल २२ वटा उपशाखाहरु रहेको गुप्ताले बताए ।

सभापतिमा बृजकिशोर पटेलसँगै महिला उपसभापतिमा मधु राणा, उपसभापतिमा भगवती प्रसाद चौधरी, मन्त्रीमा बिनोद गिरि, कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत, उपमन्त्री साबिर अहमद एराज, उपकोषाध्यक्ष पबित्रा गजुरेल तथा सदस्यहरुमा शिवनाथ प्रसाद यादव, दिनानाथ रौनियार, मदन प्रसाद साह कानु, जितेन्द्र कुमार वर्मा, बाबुनन्द प्रसाद चौरसिया, राजेश्वर प्रसाद चौरसिया, अलि असगर देवान तथा महिला सदस्यहरुमा कबिता खडका, मुना कुमारी खनाल, बबिता कुमारी कानु लगाएत निर्वाचित भएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily