Aadarsh-Daily

अमेरिकामा संघीय कर्मचारीलाई निकालेको विरुद्धमा र्‍याली

ad-4p

अमेरिकामा संघीय कर्मचारीलाई हटाएको विरुद्धमा र्‍याली निकालेका छन् । वासिङ्टनमा रहेको अमेरिकी वातावरण संरक्षण एजेन्सीको मुख्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरुले आफ्ना सेवाहरु बचाउन आग्रह गरेका छन् । चिसो मौसमको सामना गर्दै भेला भएका उनीहरुले प्लेकार्डहरू बोकेका छन् ।

content ad p2
content left

अमेरिकी प्रशासनले संघीय खर्च घटाउन कर्मचारी कटौती गरिरहेको छ । अहिलेसम्म दुई लाखभन्दा धेरै संघीय कामदारहरू हटाइएकाे चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यसैबीच अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीका कर्मचारीलाई बिदा गर्न बाटो खुलेको छ । स्थानीय अदालतले कर्मचारी बिदा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अनुमती दिएको हो ।

वाशिङटनका न्यायाधीश कार्ल निकोल्सले मुद्दाको शुरुवातमा लागू गरिएको अस्थायी रोक आदेश खारेज गर्नुभएको हो । निकोल्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै पहिलो कार्यकालमा नियुक्त गर्नुभएको हो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily