Aadarsh-Daily

बारा प्रहरीद्वारा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नाष्ट

ad-4p

जिल्ला प्रहरी कार्यालय बाराले अबैध घरेलु मदिरा उत्पादन गर्ने ५ वटा भट्टीको तोडफोड गर्नुको साथै मदिरा बनाउने कच्चापदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

content ad p2
content left

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ रामटोलमा रहेको ३ वटा मदिरा उत्पादन गर्ने भट्टी , वडा नम्बर १० ग्वासटोलमा रहेको दुई मदिरा उत्पदन गर्ने भट्टीलाई तोडफोड गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ ८ हजार लिटर , पलाष्टिकका सानो ठुलो गरी ११५ वटा ड्रम र मदिरा तयार गर्ने ४ मेसिन नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताउनुभयो ।

नियन्त्रणमा लिएको ८ हजार लिटर कच्चापदार्थलाई नष्ट गरिएको छ भने त्यसको ४ लाख ८० हजार मुल्य निर्धारण गरिएको प्रहरी प्रवक्ता सापकोटाले बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily