Aadarsh-Daily

च्याम्पियन्स ट्रफीमा बङ्गलादेश र न्युजिल्यान्ड खेल्दै

ad-4p

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज बङ्गलादेश र न्युजिल्यान्ड खेल्दैछन् ।

content ad p2
content left

समूह ‘ए’ का बङ्गलादेश र न्युजिल्यान्डबीचको खेल पाकिस्तानको रावलपिन्डीमा दिउँसो पौने ३ बजे शुरू हुने छ । बङ्गलादेश यसअघिको खेलमा भारतसँग पराजित भएको थियो भने न्युजिल्यान्डले पाकिस्तानलाई हराएको थियो ।

दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily