Aadarsh-Daily

रोकिएको विदेशी सहायता दुई दिनभित्र शुरू गर्न अमेरिकी प्रशासनलाई अदालतको आदेश

ad-4p

अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई रोकिएको विदेशी सहायता शुरू गर्न दुई दिनको समयसीमा दिएको छ ।

content ad p2

अदालतले ट्रम्प प्रशासनलाई अनुदान, ऋण र अन्य वित्तीय सहायता रोक्दै सङ्घीय कोषमा व्यापक कटौती गर्न लगाउने आदेशको कार्यान्वयन गर्न रोक लगाउने आफ्नो आदेशमा विस्तार गरेको हो ।

content left

सुनुवाइका क्रममा अमेरिकी जिल्ला न्यायाधीश अमिर एच. अलीले दुई हप्ता अगाडि नै आदेश दिइएको भए पनि प्रशासनले त्यसलाई पालना नगरेको आरोप लगाउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गएको जनवरी २० तारिखमा शपथ लिएपछि कार्यकारी आदेश जारी गर्दै इजरायल, इजिप्ट र खाद्य सहायता कार्यक्रमबाहेक सबै विदेशी सहायता रोकेको घोषणा गर्नुभएको थियो ।

यसले गरिब देशहरूलाई दिइने गरेको स्वास्थ्य सहायतासमेत रोकिएको थियो । साथै अमेरिकी वित्तीय स्रोतका कार्यक्रमअन्तर्गत शिक्षा, पूर्वाधार निर्माणलगायतका कैयौं परियोजना पनि प्रभावित भएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily