Aadarsh-Daily

समूह चरणबाटै बाहिरिइसकेका पाकिस्तान र बङ्गलादेश सान्त्वना जीतकाे खाेजीमा

ad-4p

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह चरणबाटै बाहिरिइसकेका पाकिस्तान र बङ्गलादेश खेल्दैछन् । समूह ‘ए’ काे याे खेल रावलपिन्डीमा पाैने ३ बजे शुरू हुनेछ ।

content ad p2
content left

याे खेलमा पाकिस्तान र बङ्गलादेश सान्त्वना जीतकाे खाेजीमा हुनेछन् । दुवै टाेलीले यसअघिका दुई खेल हारेका छन् । सन् २०१७ मा उपाधि विजेता पाकिस्तान यसपालि समूह चरणबाटै बाहिरिएकाे हाे । याे समूहबाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।

आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तान र बङ्गलादेशबीच पहिलाे पटक भेट हुन लागेकाे हाे । यस्तै पाकिस्तान र बङ्गलादेशबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ३९ पटक भेट भएकाेमा पाकिस्तानले ३४ र बङ्गलादेशले ५ खेल जितेकाे छ ।

च्याम्पियन्स ट्रफीकाे समूह ‘बी’ मा इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिँदा दक्षिण अफ्रिका, अस्ट्रेलिया र अफगानिस्तान अन्तिम चारमा पुग्ने सम्भावना कायमै छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily