Aadarsh-Daily

बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ad-4p

बाराको बघवनमा शुक्रबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ बैरगनिया घर भएका ३५ वर्षीय अनिल प्रसाद यादव रहेका छन् ।

content ad p2
content left

बाराको बरियारपुरबाट कलैया बजारतर्फ आउँदै गरेको ना ६ ख ५०६७ नम्बरको बसले ना ३९ प ७३६७ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकलका चालक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

बसले ठक्कर दिएलगत्तै कललैयास्थित प्रादेशीक अस्पतालमा पुर्याइएका यादवलाई अस्पतालका चिकित्सकले मृत घोषित गरेको प्रहरी नायब उपरीक्षक पण्डितले बताउनुभयो । मोटरसाइकललाई ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily