Aadarsh-Daily

अमेरिका र युक्रेनबीच वार्ताको तयारी

ad-4p

अमेरिका र युक्रेनबीच वार्ताको तयारी भइरहेको छ । अर्को हप्ता साउदी अरबमा हुन लागेको वार्ता अर्थपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वास व्यक्त गर्नुभएको छ ।

content ad p2
content left

साउदीमा हुने वार्ताका लागि राष्ट्रपति जेलेन्स्कीले आफ्ना प्रतिनिधि पठाउने जानकारी दिनुभएको छ । आफूहरू चाँडो र दीर्घकालीन शान्ति हासिल गर्न कार्यरत रहेको जेलेन्स्कीले बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफले अमेरिकी प्रतिनिधिमण्डलले रुस–युक्रेन युद्ध अन्त्य गर्न आवश्यक शान्तिका निम्ति प्रारूप पहिल्याउने कोसिस गर्ने बताउनुभयो । गएको हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच सार्वजनिक रुपमै चर्काचर्की भएको थियो । त्यतिखेर ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नभएको बताउनुभएको थियो ।

लगत्तै अमेरिकाले युक्रेनलाई दिँदै आएका सैन्य सहयोग स्थगन गरेको छ । युक्रेनका लागि अमेरिका सबैभन्दा ठूलो सैन्य सहयोगदाता थियो । हिजो जेलेन्स्कीले लेखेको पत्र प्राप्त गरेको र पत्रमा क्षमायाचना प्रकट भएको ट्रम्पका विशेष दूत विट्कफले बताउनुभएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily