Aadarsh-Daily

स्थगित ठाकुरराम क्याम्पसका मतगणना आज १० बजेदेखि हुने

ad-4p

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मंगलबार हुने भानिएको मतगणना स्थगित भएको छ । स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिबीच भएको छलफलले राति १० बजेदेखि मतगणना गर्ने सहमति भएपनि निर्वाचन समितिले अचानक मध्यरातमा एक सूचना जारी गर्दै मतगणना स्थगनबारे जानकारी दिएको हो ।

content ad p2
content left

ठाकुरराम स्ववियु निर्वाचन समितिका अनुसार सबै सङ्गठन तथा समूहले बाहिरको मतगणनामा बाहिरको प्रतिनिधि पठाएकाले मतगणना स्थगित गरिएको हो । निर्वाचन समिति प्रमुख दिलिप सिंहले मतगणनामा बाहिरको प्रतिनिधि पठाइएकाले मतगणना स्थगित गरिएको पुष्टि गर्नुभयो ।

उहाँका अनुसार मंगलबार स्थगन गरिएको मतगणना बुधबार बिहान १० बजेदेखि सुरु गरिनेछ । स्ववियु निर्वाचनमा मंगलबार बिहान ८ बजेबाट भएको मतदानमा कुल ४३०६ मत खसेको थियो । ४ ठाउँबाट मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।ठाकुरराम बहुमुखी क्याम्पसमा भने १० हजार ७ सय २९ मतदाता थिए । स्ववियु सभापतिसहितको पदाधिकारी चयनको लागि बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको हो ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily