Aadarsh-Daily

नर्सिङ क्याम्पसमा मतगणना विवाद समाधान गरी पठनपाठन सुचारु गर्न नेविसंघको माग

ad-4p

वीरगन्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको अवरुद्ध मतगणनाको विषयलाई क्याम्पसको पठनपाठन प्रभावित भएको छ ।गत मंगलबार भएको स्ववियु निर्वाचनको मतगणनाका क्रममा विद्यार्थी संगठनहरुबीच विवाद भएपछि मतगणना रोकिएको छ । जसका कारण क्याम्पसको पठनपाठनमा समेत प्रभाव परेको छ ।

content ad p2

शुक्रबार नेविसंघले एक प्रेस विज्ञप्ति जारी गर्दै मतगणनाको विवाद यथाशीघ्र सुल्झाएर क्याम्पसको पठनपाठन सुचारु गराउन क्याम्पस प्रशासनसंग माग गरेको छ । नेविसंघको क्याम्पस ईकाइ समितिकी सभापति सबिना सुनारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ –मतगणनाका क्रममा उत्पन्न विवादका कारण पठनपाठन प्रभावित भएको विषयप्रति नेविसंघ गम्भीर चिन्ता व्यक्त गर्दछ। शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूको शिक्षाको निरन्तरतामा कुनै पनि प्रकारको अवरोध अस्वीकार्य छ।

content left

स्ववियु निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएको र यसले विद्यार्थीहरूको नेतृत्व चयन गर्ने अवसर प्रदान गर्ने भन्र्दै नेविसंघले तर मतगणनाका क्रममा देखिएको विवाद र त्यसपछि उत्पन्न परिस्थितिले क्याम्पसको नियमित पठनपाठन अवरुद्ध हुनु दुर्भाग्यपूर्ण भएको जनाएको छ। आफ्नो भविष्य निर्माणका लागि क्याम्पसमा विद्यार्थीहरु कुनै राजनीतिक विवादको शिकार बन्न नहुने उसको भनाई छ ।

विज्ञप्तिमा भनिएको छ – हाम्रो स्पष्ट धारणा छ कि निर्वाचनमा उत्पन्न विवादलाई समाधान गर्ने जिम्मेवारी सम्बन्धित निर्वाचन समिति र नेतृत्व तहको हो। तर यसको असर विद्यार्थीहरूको अध्ययनमा पर्नु अत्यन्त दुःखद पक्ष हो। विवादको नाममा क्याम्पस प्रशासन पठनपाठन रोक्ने भूमिकामा देखिनु निन्दनीय छ।

नेविसंघले स्ववियु निर्वाचनसम्बन्धी विवादलाई सहमति, वार्ता र संवादमार्फत यथाशीघ्र समाधान गर्न पहल गर्न आग्रह गरेको छ । विद्यार्थीहरूको पठनपाठनमा बाधा पु¥याउने कुनै पनि गतिविधि तत्काल रोक्नुपर्ने र क्याम्पस प्रशासनले तत्काल कक्षाहरू सुचारु गर्ने वातावरण बनाउनुपर्ने उसको माग छ ।

यदि तोकिएको समयसीमाभित्र क्याम्पस प्रशासनले उपयुक्त कदम चाल्न नसके नेविसंघ बाध्य भएर विद्यार्थीहरूको अधिकार सुनिश्चित गर्न थप आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने सभापति सुनारले चेतावनी समेत दिएकी छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily