Aadarsh-Daily

३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेलेको नेपालको ऐतिहासिक जीत

ad-4p

३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले ऐतिहासिक जीत निकालेको छ ।

content ad p2

हिजो बेलुका भएको खेलमा जिलेप्सीजंग कार्कीको गोलमा नेपालले घरेलु टोली सिंगापुरलाई १–० ले हरायो । नेपालले सिंगापुरको नेसनल स्टेडियममा ऐतिहासिक सफलता प्राप्त गरेको हो । कार्कीले खेलको १२औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

content left

नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएयता म्याट रसको नेतृत्वमा नेपालले खेलेको यो पहिलो खेल हो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिंगापुरलाई हराएको याे पनि पहिलो पटक हो ।

यस्तै नेपालले सिंगापुरलाई गोल गरेको पनि यो नै पहिलो पटक हो । यसअघि तीन खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने एउटा बराबरी भएको थियो ।

अब नेपालले एशिया कप छनोट तेस्रो चरण खेल्नेछ । सन् २०२७ मा साउदी अरेबियामा हुने एशियन कपको अन्तिम चरणको छनोट यही मार्च २५ तारिखदेखि शुरू हुँदैछ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily