Aadarsh-Daily

गाजामा १५ जना स्वास्थ्यकर्मी मारिएको घटनामा इजरायलले गल्ती स्वीकार्‍याे

ad-4p

इजरायलले गाजामा १५ जना मेडिकल स्टाफ मारिएको घटनामा आफ्नो सेनाबाट गल्ती स्वीकार गरेको छ । इजरायलले गएको मार्च २३ मा दक्षिणी गाजामा १५ जना आपत्कालीन कामदारहरूको हत्यामा आफ्ना सेनाहरूले गल्ती गरेको स्वीकार गरेको बीबीसीले जनाएको छ ।

content ad p2

त्यस दिन रफाह नजिक प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) का एम्बुलेन्स, संयुक्त राष्ट्रसङ्घको एक कार र गाजा सिभिल डिफेन्सको एक फायर ट्रकमाथि गोलाबारी भएको थियो ।

content left

इजरायलले ती गाडीको लस्कर अँध्यारोमा ‘शङ्कास्पद रूपमा’ हिडिँरहेको दाबी गरेको थियो । मारिएका मेडिकल स्टाफमध्ये एक जनाले आक्रमणका क्रममा आफ्नो मोबाइलमा भिडियो बनाएका थिए । त्यो भिडियोमा घाइतेहरूलाई मद्दत गर्न बोलाउँदा गाडीहरूको बत्ती बालेको देखिएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार मारिएकामध्ये कम्तीमा ६ जना प्यालेस्टिनी लडाकू समूह हमाससँग सम्बन्धित थिए । यद्यपि इजरायलले अहिलेसम्म कुनै प्रमाण दिएको छैन ।

इजरायलले आफ्ना सैनिकहरूले गोली चलाउँदा ती स्वास्थ्यकर्मीहरू निःशस्त्र रहेका पनि स्वीकार गरेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily