Aadarsh-Daily

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

ad-4p

गएको १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

content ad p2

काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले प्रसाईंसँगै पक्राउ परेका उनका अङ्गरक्षक दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । प्रसाईं क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको व्यवस्था गर्न आदेश दिएको छ ।

content left

चैत १५ गते तीनकुनेमा हिंसा भड्किएपछि फरार रहेका प्रसाईंलाई प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरी बिहान झापाको भद्रपुर हुँदै जहाजबाट काठमाण्डाै ल्याइको हो ।

व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरेका थिए । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका हुन् ।

राजावादीहरूको प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित दुई जनाको ज्यान गएको थियो । यस्तै दर्जनौं गाडीसहित र व्यक्तिगत तथा सार्वजनिक संरचनामा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

त्यही प्रदर्शनको आरोपमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई पनि अदालतले १५ दिन हिरासतमा राख्न चैत २६ गते म्याद थप गरेकाे थियो । मिश्र र जबरामामाथि राज्यविरद्धको कसूरमा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily

पत्रपत्रिका प्रकाशनमा सप्तरी अगाडि, पर्सा दोस्रो

Aadarsh Daily

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily