Aadarsh-Daily

आईपीएल क्रिकेट : लखनउ र गुजरात तथा हैदराबाद र पन्जाब खेल्दै

ad-4p

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् ।

content ad p2
content left

लखनउमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे शुरू हुनेछ । प्रतियोगितामा पाँच खेलमा ८ अङ्कका साथ गुजरात शीर्ष स्थानमा रहँदा समान खेलमा ५ अङ्क रहेको लखनउ छैटौं स्थानमा छ ।

यस्तै आज दोस्रो खेलमा सनराइजर्स हैदराबाद र पन्जाब किङ्सको प्रतिस्पर्धा हुँदैछ । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

४ खेलमा ६ अङ्क रहेको पन्जाब अङ्क तालिकामा पाँचौं स्थानमा छ भने ५ खेलमा २ अङ्क रहेको हैदराबाद पुछारमा छ ।

सम्बन्धित खबर

पत्रपत्रिका प्रकाशनमा सप्तरी अगाडि, पर्सा दोस्रो

Aadarsh Daily

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily