Aadarsh-Daily

चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

ad-4p

धनुषाको मिथिला नगरपालिका–११, चुरे क्षेत्रमा पर्ने दुधपानी र माथिल्लो बाहुनमारा बस्तीमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा खानेपानीको समस्याबाट ग्रस्त बनेका छन्। सुक्खा मौसम सुरु भएसँगै धारामा पानी आउन छाडेपछि यहाँको जनजीवन प्रभावित बनेको हो ।

content ad p2

दुधपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जितबहादुर घिसिङ्ले खानेपानीको एक मात्र विकल्प धारामा पानी आउन छाडेकाले अहिले यहाँ खानेपानीको चरम अभाव भएको बताउनुभयो । मुहान नै सुकेपछि धाराबाट पानी आउन छाडेको बताउँदै उहाँले दुधपानी बस्तीका करिब १६० घरधुरी पानीको अभाव झेलिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ट्याङ्कीदेखि सात सय मिटर उत्तरमा रहेको खानेपानीको मुहान चैतको पहिलो सातातिर सुकेको हो । पहिले धारामा २४ औं घण्टा पानी आउने गर्थ्याे । अहिले मुस्किलले एक घण्टा पनि पानी आउँदैन । पानीको समस्या त विगतका वर्षमा पनि थियो तर यो वर्ष झनै गम्भीर देखिएको छ ।” दुई दिनअघि वर्षा भएकाले मुहानमा पानी जम्मा भएपछि धारामा पानी आउने समय बढेको अध्यक्ष घिसिङ्को भनाइ छ ।

content left

उहाँले यस समस्याको दीर्घकालीन समाधानका लागि बस्ती नजिकै रहेको रातु नदीमा तटबन्ध निर्माण गरी त्यहाँबाट लिफ्टिङ प्रणालीमार्फत पानी बस्तीमा ल्याउने योजना बनाइएको जानकारी दिनुभयो।

स्थानीय प्रेमबहादुर कार्कीले चुरे क्षेत्रको बस्तीमा माथिल्लो बाहुनमारा पनि खानेपानीको चर्को समस्या रहेको बताउनुभयो । उहाँका अनुसार सुक्खा मौसम सुरु हुनासाथ हरेक वर्ष धारामा पानी आउन छाड्छ । त्यसपछि हामीलाई पानीको जोहो गर्न निकै गाह्रो पर्छ । उहाँले भन्नुभयो, “पानीको अभावले गर्दा पशुपालन र खेतीपातीमा समेत असर परेको छ। खेत सुक्खा छन् । पशुका लागि जोहो गर्ने घाँस उमार्न गाह्रो भइरहेको छ । खानेपानी नहुँदा महिलाहरूको दिनको धेरैजसो समय पानी खोज्नमै बित्ने गरेको छ ।”

वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत तथा प्रकृति संरक्षण अभियन्ता सुरेश शर्माले पछिल्लो समय चुरे क्षेत्रमा पानीका मुहान सुक्दै जाने क्रम तीव्र बनेको बताउनुभयो । मौसममा आएको परिवर्तन, वन विनाश, चुरे क्षेत्रको दोहन तथा विकास निर्माणका गतिविधिले पानीको सतह घट्दै गएको उहाँको भनाइ छ । उहाँका अनुसार यस वर्ष हिउँदमा पर्याप्त वर्षा नभएकाले जमिनमुनि पानीको सतह घटेर मुहान सुक्ने क्रम बढेको छ ।

चुरे क्षेत्रको लगातार दोहन र प्राकृतिक स्रोतको अत्यधिक उपयोगले गर्दा चुरे क्षेत्रमै बसोवास गर्ने सर्वसाधरणसँगै वन्यजन्तु पनि पानीको मारमा परेको शर्माले बताउनुभयो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily