Aadarsh-Daily

चैत मसान्तसम्म विकास खर्च २९ प्रतिशतमात्रै

ad-4p

चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कानुसार चैत ३० गतेसम्मको सरकारको पूँजीगत खर्च १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ बराबरमात्रै छ ।

content ad p2

पूँजीगत शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । वार्षिक विनियोजनको तुलनामा अहिलेसम्मको पूँजीगत खर्च २९ दशमलव २ प्रतिशत हो ।

content left

विकास खर्च मात्र नभई यो अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ । वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३ दशमलव ६७ प्रतिशत बराबर बजेट खर्च भएको छ ।

यो अवधिको राजश्व सङ्कलन पनि कमजोर छ । १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजश्व उठाउने लक्ष्य राखिएकोमा चैत २९ गतेसम्म ८ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँमात्रै राजश्व उठेको छ । यो वार्षिक लक्ष्यको ५७ दशमलव ८९ प्रतिशत बराबर हो ।

त्यस्तै यस वर्ष ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकाेमा अहिलेसम्म वार्षिक लक्ष्यको २७ दशमलव २७ प्रतिशतमात्रै अनुदान प्राप्त भएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily