Aadarsh-Daily

सुडानकाे शरणार्थी शिविरमा विद्रोहीको आक्रमण, चार सय जनाभन्दा धेरैको ज्यान गयो

ad-4p

सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गर्दा चार सयभन्दा धेरै मानिसको ज्यान गएको छ ।

content ad p2
content left

संयुक्त राष्ट्रसङ्घका अनुसार यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको हो । पछिल्लो समय आरएसएफले सुडानमा आक्रमण तीव्र बनाएको बीबीसीले जनाएको छ ।

यसअघि गएको हप्ता आरएसएफले अल–फशेर शहर वरपरका शरणार्थी शिविरहरूमा स्थल र हवाई आक्रमण पनि गरेको थियो । आक्रमणमा सर्वसाधारण नागरिकको ज्यान जाने क्रम बढ्दो छ ।

सुडानमा डार्फर क्षेत्र नियन्त्रणको लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ । २०२३ अप्रिलदेखि यी दुईबीच शक्तिको लागि ठूलो युद्ध भइरहेको राष्ट्रसङ्घले जनाएको छ ।

सम्बन्धित खबर

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily