Aadarsh-Daily

राजपत्र अनङ्कित कर्मचारीको पनि आन्दोलन घोषणा

ad-4p

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामती सेवा विधेयकमा सहमति जुटाएर पास गर्ने तयारी भइरहेका बेला राजपत्र अनङ्कित कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् ।

content ad p2

निजामती सेवामा राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानका संयोजक ध्रुवराज ज्ञवालीसहितले आज विज्ञप्ति निकालेर आफूहरूले उठाएका माग पूरा नभए सेवा प्रवाह रोक्ने चेतावनीसहित आन्दोलनको घोषणा गर्नुभएको हो ।

content left

वैशाख १२ गतेदेखि माग पत्र टाँसेर काम गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिबाट माग सुनुवाइ नभई प्रतिवेदन तयार भएमा सेवा प्रवाह रोक्नेसम्मका आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच सङ्घीय निजामती सेवा विधेयकमा नेकपा (माओवादी केन्द्र) ले तीन बुँदे असहमति राखेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘कुलिङ पिरियड’, अतिरिक्त सचिव र भेटेरेनरीको तहका विषयमा असहमति राख्नुभएको हो ।

अहिले ‘कुलिङ पिरियड’ एक वर्ष राख्ने गरी विधेयकको प्रतिवेदन तयार भएकोमा पाण्डेले कम्तीमा दुई वर्ष राख्नुपर्ने बताउनुभएको छ । यस्तै अतिरिक्त सचिव राख्ने व्यवस्था राखेकोमा त्यो आवश्यक नरहेको र भेटेरेनरीमा आठौं तह राख्न आवश्यक रहेको उहाँको भनाइ छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily