Aadarsh-Daily

सङ्घीय संसदमा प्रधानमन्त्री ओलीले आज गर्ने भनेको सम्बोधन स्थगित

ad-4p

सङ्घीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।

content ad p2

आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

content left

‘प्रचण्ड’ गोरखा भूकम्प गएको १० वर्ष पुगेको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुन बारपाक पुग्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि देशबाहिर हुनुहुन्छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभामा आज उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ ।

सम्बन्धित खबर

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily