
बैशाख १४ गते आइतबारदेखि पर्साको चार ठाउँबाट राष्ट्रिय परिचय बन्ने छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार जिल्ला प्रशासन कार्यालय वीरगंज , ईलाका प्रशासन कार्यालय सुपौली , वीरगंज महानगरपालिकाको कार्यलय , पोखरिया नगरपालिकाको कार्यलयबाट आईतबार बैशाख १४ गतेदेखि राष्ट्रिय परिचयपत्र बनाउन सकिने छ ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट बहुदरमाई नगरपलिका , पर्सागढी नगरपालिका , विन्दवासिनी गाउँपालिका , सखुवा प्रसौनी गाउँपालिकाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाउन सक्नेछन भने ईलाका प्रशासान कार्यालय सुपौलीबाट जिराभवानी गाउँपालिका , ठोरी गाउँपालिका , जगरनाथपुर गाउँपालिका , र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाउन सकिने छ ।
यसैगरी वीरगंज महानगरपालिकाबाट वीरगंजका सबै ३२ वटा वडाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा लिनसक्ने छन भने पोखरिया नगरपलिकाको कार्यालयबाट पोखरिया नगरपालिका , छिपहरमाई गाउँपालिका , पकहाँ मैनपुर गाउँपालिका , धोबिनी गाउँपालिका र कालिकामाई गाउँपालिकाका सेवाग्राहीले सेवा लिन सक्नेछन ।

