Aadarsh-Daily

चार ठाउँबाट राष्ट्रिय परिचयपत्र सम्बन्धि विवरण संकलन हुदै

ad-4p

आज आईतबारदेखि पर्साको ४ वटा ठाउँबाट राष्ट्रिय परिचयपत्र सम्बन्धि विवरण संकलन भईरहेको छ । जिल्ला प्रशासन कार्यालयका वीरगंज , ईलाका प्रशासन कार्यालय सुपौली , वीरगंज महानगरपालिकाको कार्यलय र पोखरिया नगरपालिकाको कार्यलयबाट आजदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धि विवरण संकल भईरहेको हो ।

content ad p2
content left

जिल्ला प्रशासन कार्यालय पर्साबाट बहुदरमाई नगरपलिका , पर्सागढी नगरपालिका , विन्दवासिनी गाउँपालिका , सखुवा प्रसौनी गाउँपालिकाका सेवाग्राको विवरण संकलन भईरहेको छ भने ईलाका प्रशासान कार्यालय सुपौलीबाट जिराभवानी गाउँपालिका , ठोरी गाउँपालिका , जगरनाथपुर गाउँपालिका, र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीको विवरण संकलन हुदै छ ।

यसैगरी वीरगंज महानगरपालिकाबाट वीरगंजका सबै ३२ वटा वडाका सेवाग्राहीका विवरण संकलन भईरहेको छ भने पोखरिया नगरपलिकाको कार्यालयबाट पोखरिया नगरपालिका , छिपहरमाई गाउँपालिका , पकहाँ मैनपुर गाउँपालिका , धोबिनी गाउँपालिका र कालिकामाई गाउँपालिकाका सेवाग्राहीको विवरण संकलन भईरहेको हो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily