Aadarsh-Daily

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप

ad-4p

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । २६ दिनदेखि काठमाण्डौको माइतीघर–बबरमहल सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।

content ad p2
content left

शिक्षकहरूले हिजो पनि निषेधित क्षेत्र तोड्न खोजेका थिए । तर प्रहरीले रोकेपछि धेरै जबरजस्ती गरेका थिएनन् । तर आज शिक्षकहरूले जबरजस्ती गरेपछि झडप भएको हो । शिक्षकहरूलाई रोक्न प्रहरीले पानीको फोहोरा पनि हानेको छ । प्रहरीमाथि शिक्षकहरूले ढुङ्गामुढासमेत गरेका छन् । यस्तै केही प्रहरीकाे लाठी चार्जबाट केही शिक्षकहरू घाइते भएका छन् ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू गएको चैत २० गतेदेखि काठमाण्डाै केन्द्रित आन्दोलनमा छन् । विद्यालय शिक्षा विधेयक भने प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलकै क्रममा छ । समितिले विवादित विषयमा सहमति जुटाउन उपसमिति बनाएर छलफल गरिरहेको छ ।

यसैबीच प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासङ्घले आकस्मिक बैठक आह्वान गरेको छ । अहिले ३ बजेका लागि बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुनेछ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily