Aadarsh-Daily

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदै

ad-4p

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच आज पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा दुई पार्टीबीच एकताको घोषणा गर्न लागिएको हो ।

content ad p2
content left

जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरणपछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ । पार्टीको संरक्षकमा उन्मुक्ति पार्टीका रेशम चौधरी, जनमतका सीके राउत अध्यक्ष र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी यसअघि सहमति भएको थियो ।

एकतापछिको नयाँ पार्टीको चुनाव चिह्न ढकिया हुनेछ । २०७७ सालमा सिके राउतको नेतृत्वमा जनमत पार्टी र २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए ।

अहिले संसद्‍मा जनमतका ६ जना र नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसद रहेका छन् ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily