Aadarsh-Daily

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

ad-4p

राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संवेदनशील बन्न आग्रह गरेको छ ।

content ad p2

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोगले आज विज्ञप्ति निकालेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारकाबीचमा आपसी सम्बन्ध रहेको उल्लेख गरेको छ ।

content left

पछिल्लो समय सूचनाको हकका लागि खटिने सञ्चारकर्मीहरु भौतिक रुपमा असुरक्षित भएको, असहिष्णु व्यवहार हुने गरेको, हतोत्साहित गरिएको तथा अभिव्यक्ति स्वतन्त्रता शङ्कुचनमा परेको जस्ता सूचना प्राप्त भएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले गएको चैत १५ गते राजसंस्था पुर्नस्थापनाका लागि गरिएको आन्दोलनमा समाचार सङ्कलन गर्नेक्रममा तिनकुनेमा पत्रकार सुरेश रजकले जलेर ज्यान गुमाएको र शिक्षक आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सविना कार्की घाइते भएको अवस्थाप्रति दुःख व्यक्त गरेकाे छ ।

साथै पत्रकारमाथि भएका आक्रमणका घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन तथा सञ्चारकर्मीहरुको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगले नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily