Aadarsh-Daily

हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने

ad-4p

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने बताएको छ । एडेन अलेक्ज्यान्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन् । हमासले युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक भागका रूपमा यो कदम चालिरहेको बीबीसीले जनाएको छ ।

content ad p2

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भोलि मध्यपूर्वको भ्रमणमा जाँदै गर्दा हमासले एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने बताएको हो । हमासले यसले गाजाका नागरिकलाई मानवीय सहायता प्रदान गर्न मद्दत गर्ने बताएको खबरमा उल्लेख छ ।

content left

विगत ७० दिनदेखि इजरायलले गाजामा मानवीय सहायता रोकेको छ । यसअघि हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार प्यालेस्टिनी सैन्य समूह कतारमा अमेरिकी प्रशासनका एक अधिकारीसँग प्रत्यक्ष वार्तामा छ ।

यसैबीच इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाले एडेन अलेक्ज्यान्डरको रिहाइको बारेमा पहिले नै जानकारी गराएको बताएको छ । एडेन अलेक्ज्यान्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो भने उनी अमेरिकाको न्यु जर्सीमा हुर्किएका थिए ।

२१ वर्षीय अलेक्ज्यान्डरलाई गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा काम गरिरहेको समयमा अक्टोबर ७ मा हमासले बन्ध बनाएको थियो ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily