Aadarsh-Daily

इजरायल र हमासबीच कतारमा नयाँ चरणको वार्ता शुरु

ad-4p

इजरायल र हमासबीच गाजामा युद्धविरामका लागि नयाँ चरणको वार्ता शुरु भएको छ । यो वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौताको सन्दर्भमा थप इजरायली बन्धकहरू रिहा गर्ने प्रस्तावलाई अगाडि सारेको छ ।

content ad p2
content left

इजरायली सेनाले गाजा क्षेत्रमा ठूलो आक्रमण शुरु गरेको केही घण्टापछि दुवै पक्षबीचको नयाँ चरणको वार्ता शुरु भएको बीबीसीले जनाएको छ । प्रस्तावअनुसार हरेक दिन गाजामा चार सय वटा राहत सामग्री भरिएका ट्रक प्रवेश गर्ने र त्यहाँबाट बिरामीलाई निकाल्ने अनुमति पनि दिइनेछ ।

युद्धविरामसम्बन्धी वार्ताको यो चरण कतार र अमेरिकाको मध्यस्थकर्तामार्फत दोहामा भइरहेको छ । इजरायलले अहिलेसम्म प्रस्तावित सम्झौताबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily