

वीरगञ्ज- ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा एक दिवसीय रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। सामाजिक उत्तरदायित्व र मानव सेवा भावनालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा एक महिलासहित कुल ६१ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारीहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजक स्वतन्त्र विद्यार्थी युनियनले रक्तदानजस्ता मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।कार्यक्रमले समाजमा रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आपतकालीन रक्त आवश्यकतामा सहयोग पुग्ने विश्वास लिइएको छ।

